बिनोदको ‘ठोरी धामैमा’ सार्वजनिक (भिडियोसहित)

ठोरी – पर्साको ठोरी गाउँपालिकाको धार्मिक पर्यटनलाई समेटिएको ‘ठोरी धामैमा’ बोलको भजन सार्वजनिक भएको छ । उक्त भजन केही दिन अघि मात्रै युट्युबमार्फत सार्वजनिक भएको हो ।
सार्वजनिक भजनको शब्द बिनोद कुमार बस्नेतले लेखेका हुन् । भजनमा बिनोदसँगै सरोज लामिछाने र प्रतिमा अर्यालको आवाज छ । रामकृष्ण थापाले भजनमा संगीत भरेका छन् भने संगीत संयोजन पनि उनको नै रहेको छ ।
गीतमा ठोरीका धार्मिक पर्यटकीय गन्तव्यहरुको बिषय उठाईएको छ । टेक लामा (छिरिङ) ले निर्देशन गरेको भिडियोमा कृष्ण रसल, शिला गजुरेललगायतका कलाकारहरुको अभिनय छ । राज पोख्रेलले खिचेको भिडियो रोशन धितालले सम्पादन गरेका हुन् ।
तपाइँको प्रतिक्रिया