दशै आयो आमा, छोरा आएन नभन्नु

दुख भुलेर सुखको बोट रोप्ने रहरमा
छोरा खुसि नै छ आमा उहि एउटा बिरानो शहरमा
खरको छाना रातो बाटो कमेरोले पोतिएको घर सम्झिदै
दशै आयो आमा छोरा आएन नभन्नु
पिढिमा बसेर आमा छोरा आउने दिन नगन्नु
मिठो मसिनो पाक्ला आमा के खायो नभन्नु
जेनतेन आमा यहा राम्रै चल्दै छ
गाउ घरका ति याद हरुले फेरि मुटु जल्दै छ
दुःख भुलेर सुखको बोट रोप्ने रहरमा
छोरा खुसि नै छ आमा उहि एउटा बिरानो शहरमा
– मोहन सापकोटा
तपाइँको प्रतिक्रिया