काठमाडौँ – बुद्धभूमि नेपाल हाइड्रोपावरको साधारण सेयर (आईपीओ) भोलि शुक्रबार बिहान बाँडफाँट हुने भएको छ । बिक्रि प्रबन्धक सिभिल क्यापिटलका अनुसार नेपाल धितोपत्र बोर्डलेको अनुमति पाएसँगै भोलि बिहान १० बजे क्यापिटल कै कार्यालयमा सेयर बाँडफाँट गरिने भएको हो ।
कम्पनीले असोज ११ गते १४ गतेसम्म कम्पनीले ८ करोड रुपियाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्काशन खुला गरेको थियो । निष्काशन भएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।



आईपीओमा २१ लाख ११ हजार ८ सय १९ जनाले २ करोड ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसाधारणका लागि खुला गरेको ७ लाख ४४ हजार कित्ता सेयर गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले मात्रै १० कित्ताका दरले मात्रै पाउने छ ।