गोरखा -नेपाली कांग्रेस गोरखाको जिल्ला पार्टी सभापतिमा नन्दप्रसाद न्यौपाने चयन हुनुभएको छ ।
पार्टीको १४औँ महाधिवेशनअन्र्तगत आज भएको जिल्ला पार्टीको अधिवेशनमा न्यौपाने सर्वसम्मत चयन हुनुभएको हो । त्रिचालिस वर्षीय न्यौपाने यसअघि पार्टीको जिल्ला सचिव हुनुहुन्थ्यो ।
उहाँलाई जिल्लाका ११ वटै स्थानीय तहका पार्टी सभापतिको समर्थन रह्यो । आरुघाट गाउँपालिका–२ मान्वुका न्यौपाने विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो ।
नवनिर्वाचित सभापित न्यौपानेले आइतबार सम्पन्न महाधिवेशन प्रतिनिधिको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्नुभएको थियो ।