सात वटा जिल्लामा महालक्ष्मी लाईफको बीमा जागरण अभियान सम्पन्न

एटुजेड समाचार

काठमाडौं– महालक्ष्मी लाईफ इन्स्योरेन्सले सुदुरपश्चिमको बेलौरी कंचनपुर र टिकापुर कैलालीमा ‘युवासँग(महालक्ष्मी लाईफ) कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/०७९ भित्र २५ वटा भन्दा बढी जिल्लामा उक्त बीमा जागरण राष्ट्रिय अभियान संचालन गर्ने लक्ष्यका साथ उक्त कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो ।

कम्पनीले बेलौरीको महाकाली बहुमुखि क्याम्पसमा असोज १७ गते सम्पन्न कार्यक्रममा स्नातक तहका १५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो । क्याम्पस प्रमुख धर्मराज जोशीको अध्यक्षतामा भएको बीमा जनचेतना कार्यक्रममा सहायक क्याम्पस प्रमुख गंगा प्रसाद रिजाल, कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले कार्यक्रमको महत्व बारेमा मन्तव्य राखेका थिए । कम्पनीका बेलौरी कार्यालय प्रमुख प्रदिप तिवारीले संचालन गर्नु भएको कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमा बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

त्यसैगरी, कम्पनीले असोज १८ गते कैलालीको टिकापुर स्थित टिकापुर बहुमुखि क्याम्पसमा पनि उक्त कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ७० भन्दा बढिको सहभागिता थियो । निमित्त क्याम्पस प्रमुख धन कृष्ण उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागी विद्यार्थीहरुलाई बीमा बारे प्रशिक्षण दिएका थिए ।

कम्पनीले यस अघि पर्सा, बारा, रौतहट, मोरङ र कैलाली जिल्लामा कार्यक्रम सम्पन्न गरिसकेको छ । साथै, कम्पनीले यही साता म्याग्दी, बागलुङ र तनहुमा कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू