चितवन – चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ले ‘रत्नपार्क’ मा काम गर्ने भएका छन् । उनले बुढासुब्बा ओर्जिनलले निर्माण गर्ने चलचित्र ‘रत्नपार्क’ साइन गरेको हुन् ।
चलचित्रका निर्माता नवराज गिरीले भिटेनले चलचित्रमा काम गर्न लागेको पुष्टी गरे । भिटेनले चलचित्रका लागि लिएकोे पारिश्रमिक भने खुलाईएको छैन । तर उनले १८ लाख रुपैयाँ लिएको चर्चा छ ।
भिटेन बेला बेलामा गीतका कारण बिबादमा आउने गरेका छन् । उनलाई गीतमा अश्लिल शब्द प्रयोग गरेको भन्दै प्रहरीले पनि पक्राउ गरिसकेको छ ।उनी युवापुस्ता माझ निकै लोकप्रिय छन्