चाडपर्वमा जिल्ला नछाड्न सिडीओ र सुरक्षा प्रमुखलाई निर्देशन, बिदा पनि नपाईने

एटुजेड समाचार

काठमाडौं – गृह मन्त्रालयले दशैंलगायतका चाडपर्वको अवधिभर जिल्ला नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । गृहले ७७ वटै सिडिओसँगै जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो ।

दशैं नजिकिदै गएका बेला गृहको निर्देशनसँग अब सिडिओ, जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरू अत्यावश्यक काम र गृहको अनुमतिबिना जिल्ला छाड्न पाउने छैनन्। चाडपर्वमा स्थानीय प्रशासन र सुरक्षा निकाय झन चनाखो हुनुपर्ने भएकाले घरबिदा पनि नजान गृहले निर्देशन दिएको छ।

दशैंमा सरकारी कार्यालय बन्द रहने भए पनि स्थानीय प्रशासन र सुरक्षा निकायका कार्यालय भने खुला नै रहन्छन्। यस्तो बेला सर्वसाधारणकोे ठाडो निवेदन दर्ता गर्न र गुनासो गर्न मिल्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू