चितवनमा आज ३३ जना कोरोनामुक्त, १२ संक्रमित थपिए

एटुजेड समाचार

चितवन – चितवनमा आज ३३ जनाले कोरोना जितेका छन् । यससँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २५ हजार १२८ पुगेको छ ।चितवनमा आज १२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै जिल्लाभर संक्रमितको संख्या २६ हजार १२ पुगेको छ ।

आज जिल्लाभर सक्रिय संक्रमित ४६७ जना रहेका छन् । उनीहरु मध्ये ४३० जना होम आइसोलेसनमा छन् भने ३७ जना अस्पतालमा रहेका छन् ।चित्वन्मा कोरोनाबाट हालसम्म ४१७ जनाको मृत्‍यु भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू