सिन्धु विकास बैंकबाट सीईओ जोशीले दिए राजिनामा
काठमाडौं– सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेशप्रसाद जोशीले राजिनामा दिएका छन् । उनले दिएको राजिनामालाई संस्थाको सञ्चालक समितिको बैठकले कार्तिक १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।
साथै, उक्त बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीलाई कायम मुकाय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी दिने निर्णय गरेको छ । गिरीले अर्को व्यवस्था लागु नहुन्जेलका लागि कामु सीईओको कार्यभार सम्हाल्ने छन् ।
तपाइँको प्रतिक्रिया