काँग्रेस चितवनको सचिबमा ढकालको उम्मेदवारी
चितवन – नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत चितवनको जिल्ला सचिबका लागि नेविसंघ चितवनका अध्यक्ष सूर्य ढकालले आफ्नो उम्मेदवारी प्रस्तुत गर्नु भएको छ । लामो समय देखि नेबिसंघको जिल्ला अधिबेशन हुन नसकीरहेको समयमा अहिल युवा पुस्ता वढि मात्रामा माउ पार्टीको राजनितिमा आएको देखिन्छ ।
अहिले जिल्लामा क्रियाशिल बिद्यार्थी राजनिति गर्दै आएका बिद्याथीहरु मात्रै ३ सय १७ जना नेपाली काँग्रेस चितवनको क्षेत्रीय प्रतिनिधिको रुपमा आएका छन् । उनीहरु मध्ये बिद्यार्थी राजनितिमा चिनिएका सबै कुनै न कुनै पदका लागि दावि गर्दै उम्मेदवारी दिई रहेको समयमा नौ वर्ष देखि नेविसंघ चितवनको नेतृत्व गर्दै आउनु भएका ढकाल अहिले पार्टीको जिल्ला सचिबको उम्मेदवारको रुपमा आउनु भएको हो ।
वि। सं। २०५३ सालमा नेविसंघ आदर्श मावि दिव्यनगरको इकाई अध्यक्ष भएर राजनैतिक यात्रा सुरु गर्नु भएका ढकाल विद्यार्थी काल देखिनै राजनितिमा सक्रिय रहँदै आउनु भएको थियो । अध्ययनको शिलशिलामा सरस्वती वहुमुखि क्याम्पसको इकाइ सचिब कार्यवहाक अध्यक्ष भएर काम गर्नु भएका ढकाल स्ववियू निर्वाचनमा स्ववियू सचिबको उम्मेदवार समेत वन्नु भएको थियो । नेविसंघका तर्फबाट स्ववियू सचिब बन्नुभएका ढकाल आँफ्नै साथिहरुको अन्तरघातका कारण निर्वाचनमा पराजय भोग्नु परेको थियो ।
वि। सं। २०५७ साल देखि नेपाली काँग्रेसको क्रियाशिल सदस्यको रुपमा काम गर्दै आउनु भएका ढकाल आँफुलाई पार्टीको पूर्णकालिन कार्यकर्ताको रुपमा उभ्याउनु भएको छ । ढकालले नेविसंघ चितवनको नेतृत्व सम्हाले संगै पार्टी सरकारमा हुँदा वा वाहिर रहँदा पार्टी र सरकारले गरेका नकारातमक कामको लागि बिरोध गर्ने परिपार्टी वनेको छ । यस्तै बिद्यार्थी संगठनको नाममा स्कुल कलेजमा हुने चन्दा आतङ्क समेत अन्त्य गर्न आफ्नो ठूलो भूमिका रहेको उहाँले बताउनुभयो । जिल्लामा नेबिसंघलाई जस्तै चलायमान वनाउन र पार्टीको सचिबालय चुस्त दुरुस्त वनाउन आँफ्नो उम्मेदवारी रहेको उहाँले जानकारी दिनुभयो ।
निर्वाचनमा आँफ्ना तीन वटा एजेण्डा रहेको उहाँको भनाई छ । ह्याल्लो अभियान, पुल अभियान र युवाको साथ अग्रजको अनुभव उहाँका मुख्य एजेण्डा हुन । ह्याल्लो अभियान अन्तर्गत काँग्रेसका नेता कार्यकर्ताहरुको समस्या समाधान सदरमुकाम आउनै नपर्ने गरि टेलिफोनमार्फत समस्या समाधान गरिने छ ।
पुल अभियान अन्तर्गत स्थानिय तहमा देखिएका समस्या स्थानिय तहमानै वा जिल्लामा ल्याएर टुङ्गाउने र जिल्लाबाट समस्या समाधान नभए केन्द्र सम्म पुगेर भए पनि समस्या समाधान गर्ने उहाँको भनाई थियो । पार्टीका २७ हजार क्रियाशिल सदस्यहरुलाई प्रबिधि मैत्री वनाउँदै तालिम तथा प्रशिक्षणको व्यवस्था गरिने उहाँले बताउनुभयो ।युवा पुस्तामा चर्चामा रहनु भएका र बिद्यार्थी राजनितिबाट मुलधारको राजनितिमा आउन चहानु भएका युवा नेता ढकाल अब पार्टी र देशको नेतृत्व युवाले गर्नुपर्ने बताउनुहुन्छ ।
तपाइँको प्रतिक्रिया