चितवनमा महिलालाई यौन कार्यमा लगाउने तीन पक्राउ
चितवन– चितवनमा मानव बेचबिखन मुद्दामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको भरतपुर महानगरपालिका २ लायन्स चोकस्थित विकास खाजा घर सञ्चालन गर्दै आएका धादिङ थाँक्रे ३ का ४२ वर्षीय भोज बहादुर तामाङ ( बिकास), उनकी ३४ वर्षीया श्रीमती विपना तामाङ सहित सोही होटलका ग्राहक बारा जिल्ला बारगढी नगरपालिका ६ सिहसनीका २८ वर्षीय राजु चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उक्त खाजा घरमा दुई जना महिलाहरुलाई राखी यौन धन्दा गराउने कार्य भईरहेको गोप्य सूचनाका आधारमा असोज ३ गते जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो । दुई जना महिलामध्ये एक जनालाई यौनकार्यमा संलग्न गराएको अवस्थामा भेटिएको प्रहरी प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका क्रममा होटल सञ्चालक तामाङ दम्पत्तिले दुई जना महिलालाई लुगा धुने, खाना पकाउने, सरसफाई लगायतको काम र विभिन्न आर्थिक प्रलोभनमा पारी खाजा घरमा आउने ग्राहकसँग यौनकार्यमा लगाउने गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि मानव बेचबिखन मुद्धामा जिल्ला अदालत चितवनबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।
तपाइँको प्रतिक्रिया