एडीबीले नेपाललाई थप सात अर्ब २० करोड ऋण दिने

एटुजेड समाचार

काठमाडौं– एसियाली विकास बैङ्क (एडीबी)ले प्रसारण लाइन र वितरण प्रणालीको स्तरोन्नतिका लागि नेपाललाई थप सात अर्ब २० करोड रुपैयाँभन्दा बढी ऋण उपलब्ध गराउने भएको छ । एडीबीकै ऋण सहायतामा कार्यान्वयन भइरहेको विद्युत् ग्रिड आधुनिकीकरण परियोजनाका लागि उक्त ऋण उपलब्ध गराइने जनाइएको छ ।

एडीबीले उपलब्ध गराउने थप ऋण सहायताले नेपालमा विद्युत् आपूर्ति प्रणालीलाई भरपर्दो, प्रभावकारी र दिगो बनाउने बैङ्कको दक्षिण एसियाका लागि प्रमुख ऊर्जाविज्ञ जीवन आचार्यले बताए । ‘यसले ट्रान्समिसन क्षमता र वितरण प्रणालीलाई विस्तार तथा आधुनिकीकरण गर्न थप लगानी प्रदान गर्नेछ,’ उनले भने ।

सन् २०२० नोभेम्बरमा स्वीकृत भएको उक्त आधुनिकीकरण परियोजनाअन्तर्गत ३४ वटा ग्रिड सबस्टेसनलाई स्वचालित बनाउने, काठमाडौँ उपत्यकामा स्मार्ट मिटर जडान गर्ने, १४४ किलोमिटर ट्रान्समिसन लाइनको स्तरोन्नति र थप ११३ किलोमिटर लाइन निर्माण र विद्युत् वितरण प्रणाली नियन्त्रण केन्द्र स्थापना हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु