ईच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

एटुजेड समाचार

चितवन – चितवनको ईच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

हिजो राती ११ः४५ बजेको समयमा पहिरो खसेपछि राजमार्ग दुईतर्फी रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो खसेपछि गन्तव्य तर्फ गूडेका सवारीसाधन रोकिएका छन भने अबरुद्ध सडक सन्चालनको लागि विहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू