चितवन – वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहितको टोलीले देवघाट आश्रमको अवलाेकन भ्रमण गरेका छन् । आज (मंगलबार) मन्त्रि शाक्य सहितको टोलीले देवघाट क्षेत्र अन्तर्गत रहेकाे याेगी नरहिनाथ अाश्रमको अवलाेकन भ्रमण गरेका हुन् ।
आश्रम अवलाेकन गर्दै आश्रमलाई अझ प्रभावकारि तरिकाले सञ्चालन तथा यहाँ संरक्षित गाै तथा गुरूकुललाई अझ व्यवस्थित गर्नुपर्ने मुख्यमन्त्री शाक्यले बताईन् ।
आश्रमको भाैतिक तथा सामाजिक विकास मन्त्रि विजय सुवेदि, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रि प्रसाद अधिकारी ,देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकाल लगाएतले अवलोकन भ्रमण गरेका हुन् ।
उक्त अवलाेकन भ्रमणमा आश्रम प्रमुख याेगी पिताम्बरले आश्रमकाे ऐतिहासिक महत्त्वकाे विषयमा व्याख्या गर्नुका साथै परिषदका अध्यक्ष शैलेन्द्र कुमार पियाले आश्रमका भावि याेजनाका विषयमा जानकारि दिदै सरकारसँग सहकार्य गर्न अपिल गरेका थिए ।