काँग्रेस भरतपुरको सह-सचिवमा सापकोटाको उम्मेदवारी घोषणा

एटुजेड समाचार

चितवन – नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सह सचिवमा युवा विद्यार्थी नेता भुवन सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सापकोटा महानगरको सह सचिवमा उठ्ने भएका हुन् ।

२४ वर्षीय युवा नेता सापकोटा लामो समयदेखि विद्यार्थी राजनीति गर्दै आएका छन् । उनी हाल नेपाल विद्यार्थी संघ (नेविसंघ) सहिद स्मारक कलेज शारदानगर इकाई अध्यक्ष हुन् ।

१३ औं महाधिवेशनमा काँग्रेसको क्रियाशिल सदस्यता लिएका उनले पार्टी र नेविसंघका बिभिन्न आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । पार्टीमा युवा नेतृत्वको आवश्यकता महसुस गर्दै नगर सह सचिवमा उम्मेदवारी दिएको उनले बताए ।

उनले महाधिवेशनबाट निर्वाचित भए गुट उपगुट अन्त्य गर्दै पार्टीलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । यस्तै उनले तीन तहका निर्वाचनमा युवा परिचालन गरी काँग्रेसमय महानगर मनाउने समेत बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू