चितवनमा आज ५३ संक्रमित थपिए, १ जनाको मृत्‍यु, ५२ संक्रमणमुक्त

एटुजेड समाचार

चितवन – चितवनमा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै अहिलेसम्म जिल्लाभर कोरोना संक्रमितको संख्या २५ हजार ६१३ पुगेको छ ।

त्यस्तै चितवनमा पछिल्लो २४ घण्टामा ५२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २४ हजार ६१४ पुगेको छ ।आज जिल्लाभर सक्रिय संक्रमित ५८७ जना रहेका छन् । उनीहरु मध्ये ५५१ जना होम आइसोलेसनमा छन् भने ३६ जना अस्पतालमा छन् ।

चितवनमा आज कोरोना भाईरस संक्रमितबाट १ जनाको मृत्‍यु भएको छ । जिल्लाभर कोरोना संक्रमणबाट अहिलेसम्म ४१२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू