बागेश्वरी आश्रम देवघाटमा द आर्ट अफ लिभिङ्ग चितवनको गौ चेतना कार्यक्रम सम्पन्न

एटुजेड समाचार

चितवन – द आर्ट अफ लिभिङ्ग चितवनको आयोजनामा गौ चेतना, सत्सङ तथा गौ आरती कार्यक्रम सम्पन्न भएको छ । हिजो (सोमबार) बागेश्वरी आश्रम देवघाटमा रहेको योगी नरहिनाथ आश्रममा गौ चेतना, सत्सङ तथा गौ आरती कार्यक्रम सम्पन्न भएको हो ।

आश्रममै आएर सत्सङ तथा गौ आरती गर्दा राम्रो हुने र गौ सम्बन्धी चेतना फैलाउनको लागि उक्त कार्यक्रम आयोजना गरिएको द आर्ट अफ लिभिङ चितवनका जिल्ला संयोजक भोजबहादुर खड्काले बताए ।

द आर्ट अफ लिभिङ्ग चितवनले यस भन्दा अघी पनि बागेश्वरीमा रहेका गाईहरुलाई भोजन खुवाएको थियो भने पछील्ला दिनहरुमा पनि यस्ता कार्यहरु गर्दै जाने खड्काले जानाकारी दिए ।

No description available.

कार्यक्रममा बागेश्वरी आश्रमका संरक्षण योगी पिताम्बरले राष्ट्रिय जनावर गाईको महत्यो के छ, गाईला पूजा गर्दा के हुन्छ, गाईको मलमुत्र किन शुद्धिकरणको लागि प्रयोग गरिन्छ, गाईलाई किन संरक्षण गर्नुपर्छभन्ने बारे जानाकरी दिएका थिए ।

कार्यक्रममा आश्रमका गुरुहरु, आश्रमका बालबालिकाहरु, द आर्ट अफ लिभिङ्गका सदस्य लगाएतको उपस्थिती रहेको थियो । द आर्ट अफ लिभिङ्गले कोरोनाको महामारिको समयमा पनि विभिन् सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू