चितवन – चितवनमा पछिल्लो २४ घण्टामा ५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २४ हजार ५६२ पुगेको छ ।आज जिल्लाभर सक्रिय संक्रमित ५८७ जना रहेका छन् । उनीहरु मध्ये ५५६ जना होम आइसोलेसनमा छन् भने ३२ जना अस्पतालमा छन् ।
उता चितवनमा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै अहिलेसम्म जिल्लाभर कोरोना संक्रमितको संख्या २५ हजार ५६० पुगेको छ । चितवनमा आज कोरोना भाईरस संक्रमितबाट कसैको पनि मृत्यु भएको छैन । जिल्लाभर कोरोना संक्रमणबाट अहिलेसम्म ४११ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।