भरतपुर महानगरको उपसभापतिमा न्यौपानेको उम्मेद्वारी

एटुजेड समाचार

चितवन –  जन आन्दोलन २०६२–६३ को घाइते नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको उपसभापतिमा उम्मेदवार वन्नुभएको छ । वि।सं। २०३६ सालामा साबिकको गितानगर गाउ बिकास समिति वडा नम्बर ४ देवनगरमा जन्मनुभएका बुद्धिकान्त न्यौपाने काँग्रेसको १४ औं महाधिबेशनमा महानगर उपसभापतिको उम्मेदवारको रुपमा आँफुलाई अघि वढाउनु भएको छ ।

राजतन्त्रको अन्त्यका र वृहत शान्ति सम्झौताका लागि गरिएको जन आन्दोलन २०६२–०६३ का क्रममा भरतपुरमा भएको आन्दोलनका क्रममा उहाँलाई सुरक्षा निकार्यले कुटपिट गर्दा टाउँकोमा गम्भिर चोट लागेको थियो । टाउँकोमा चोट लागे संगै न्यौपाने लामो समय अस्पतालमा भर्ना भएर उपचार गराएको बताउनुहुन्छ । काँग्रेसको सिपाई भएकै कारण आन्दोलनका क्रममा कुटपिटमा सहभागी हुनु आफ्नो जिम्मेवारी रहेको उहाँले जानकारी दिनुभयो ।

 

पारिवारिक पृष्ठभूमि समेत काँग्रेस रहेको उहाँको बुबाको काँग्रेसको आन्दोलनका क्रममा प्रहरीले टाउँकोको मूल्य तोकेको थियो । प्रजातन्त्रका सेनानीको रुपमा रहनु भएका उहाँका पिता चन्द्रकान्त न्यौपानेको काँग्रेसकै कार्यक्रममा सहभागी हुन जाँदा निधन भएको थियो । बुबाको निधन संगै आँफुलाई काँग्रेसको राजनितिमा लाग्नु भएका न्यौपाने काँग्रेसको युवा पुस्तामा निकै चलेको नाम हो ।

निष्ठा र लगनशिल रुपमा आँफुलाई चिनाउनु भएका उहाँले युवापुस्तालाई अगाडी वढाउनका लागि आँफ्नो पहल रहने बताउनुभयो ।
पार्टीलाई चलायमान बनाउँदै समाजमा काँग्रेस प्रतिको हेर्ने दृष्टिकोण महत्वपूर्ण बनाउन सबैलाई सहजीकरण गर्ने उहाँको भनाई थियो । राजनितिमा लागेर राज्यले सर्वस्व हरण गरेको स्मरण गर्दै उहाँले दुःखमा परेका कार्यकताहरुको साथ र सहयोगका लागि आँफु सधै तयार रहेको बताउनुभयो । युवा व्यवसायीको रुपमा आँफुलाई चिनाउनु भएका उहाँले पार्टीका हरेक निर्णय कार्यान्वयनका लागि लाग्ने र पार्टीलाई हरेक निर्वाचनमा अघि पार्टीलाई वलियो बनाउन आँफु लाग्ने उहाँको भनाई थियो ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू