चितवन – आज असोज ३ गते अर्थात् सातौं संविधान दिवस। चितवन लगाएत देशभर विभिन्न कार्यक्रम गरी मनाईदै छ । २०७२ साल असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ।
यता जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका सम्पूर्णलाई सर्वसाधारणलाई दिवस मनाउन अनुरोध गरेको छ। संबिधान दिवस २०७८ को उपलक्ष्यमा असोज २, ३ र ४ गते चितवन जिल्लामा समेत विभिन्न कार्यक्रम आयोजना गरी मनाईदै छ भने उक्त तिनै दिन प्रशासनले साँझ घर घरमा दिपावाली गर्नुहुन सम्पूर्ण सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।