चितवन – चर्चित अभिनेता पुष्प खड्का अभिनेत्री श्रेया सिटौलासँगको प्रेममा डुबेका छन् । यि दुई गहिरो प्रेम सम्बन्धमा डुबेका हुन् । तर यो रियल नभइ रिल लाइफको कुरा हो ।
पुष्प र श्रेया अभिनित ‘म त डुब्दै डुब्दै गए’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा पुष्प र श्रेया गहिरो प्रेम सम्बन्धलाई देखाइएको छ ।
गीतमा भोइस अफ नेपाल सिजन ३ का बिजेता किरण गजमेरको आवाज रहेको छ । स्वरमा किरणलाई ममता गुरुङले साथ दिएकी छन् । गीतको शब्द अर्जुन पोख्रेलले लेखेका हुन् । गीतमा संगीत संयोजन पनि पोख्रेलकै छ ।
नबिन के शर्मा र सुजन तामाङ निर्मित गीतको भिडियोमा रामजी लामिछानेको निर्देशन तथा नृत्य निर्देशन छ । सौरभ लामाले खिचेको भिडियोमा बन्दे प्रसादको सम्पादन छ ।