सन्तोष अभिनित ‘गल्ली यही हो’ सार्वजनिक (भिडियोसहित)

एटुजेड समाचार

चितवन – सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको नयाँ गीत ‘गल्ली यही हो’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा अजय कुमार अधिकारीको शब्द, संगीत छ । गीतमा स्वर पनि उनको नै रहेको छ । गीतको संगीत संयोजन भने फणिन्द्र राईले गरेका हुन् ।

सार्वजनिक भिडियोमा निर्देशक अधिकारीलाई मोडल कञ्चन भुजेलले साथ दिएकी छन् । मोडल भुजेलले नै कोरियोग्राफी गरेको गीतमा राम बास्तोलाको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू