चितवन – संविधान दिवसको अवसरमा नारायणी नदी किनार र देवघाट धाम क्षेत्रमा सरसफाई गरिएको छ ।
आज (शनिबार) भरतपुर ३ नारायणी नदी किनार र भरतपुर १ को देवाघाटका सडक पेटी, मठ-मन्दिर तथा प्रतिक्षालय आसपासमा सरसफाई गरिएको हो । संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनका लागि सरसफाई गरिएको चितवन प्रहरीले जनाएको छ ।
सरसफाई कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्मा, महानगर उपप्रमुह पार्वती शाह ठकुरी, चितवनका प्रहरी प्रमुख, एसपी ओमप्रसाद अधिकारी, ट्राफिक प्रमुख भगवानराज थापा, उद्योग वाणिज्य संघ चितवनका पदाधिकारी, बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायत उपस्थित थिए ।