समादवादी प्रेस संगठन चितवन गठन, अध्यक्षमा तिमिल्सिना

एटुजेड समाचार

चितवन – चितवनमा नेकपा एसको पत्रकारहरुको जिल्ला शाखा गठन भएको छ । आज शनिबार सम्पन्न जिल्ला भेलाले टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल चितवन गठन गरेको हो ।

संगठनको उपाध्यक्षमा ज्ञानेन्द्र तामाङ, सचिवमा रामु आचार्य, सहसचिवमा सरस्वती लामा, कोषाध्यक्षमा बबिलाल तामाङ चयन भएका छन् । यस्तै सदस्यहरुमा कविता गायक, उषा श्रेष्ठ, शंकर श्रेष्ठ, मिलन चेपाङ, शिवजी गायक र डिलकुमारी नेपाल चयन भएका छन् । प्रमुख सल्लाहकारमा हरिप्रसाद अधिकारी चयन भएका छन् ।

समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य रामकुमार एलन, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल, जिल्ला अध्यक्ष डा. कृष्ण पन्त लगायतले नयाँ कार्यसमितिलाई गठन गरेका हुन् । पत्रकार महासंघ चितवन कार्यसमितिमा समाजवादी प्रेस संगठन नेपाल चितवनका २ जना छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू