भरतपुर – नेपाली काँग्रेसका १४ औं महाधिवेशन अन्तर्गत भरतपुर महानगरपालिकाको सचिवमा युवा नेतृ प्रनिशा गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् ।
लामो समयदेखि विद्यार्थी राजनीति गर्दै आएकी भरतपुर ८ कि गुरुङले पहिलो पटक पार्टीको पदका लागि उम्मेदवारी घोषणा गरेकी हुन्। गुरुङ चितवनकी लोकप्रिय युवा विद्यार्थी नेतृको रुपमा परिचित छन्।
उनी हाल नेविसंघ मैयादेवी कन्या कलेज भरतपुरकी इकाई सभापति हुन् । यस्तै उनी लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको सह सचिव समेत हुन् ।
उनले नेपाली काँग्रेस र नेविसंघका बिभिन्न आन्दोलनमा सक्रिय भूमिका खेलेकी थिईन् । उनले महाधिवेशनबाट निर्वाचित भए पार्टीलाई बलियो बनाउने प्रतिवद्धता जनाएकी छिन् ।