चितवन– कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना भएको छ । काठमाडौँबाट रुकुमतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिवार बिहान ४ बजे जिल्लाको शिवराज नगरपालिका– १ बनकसवासामा दुर्घटना हुँदा बसमा सवार ३१ यात्रुमध्य १८ जना घाइते वडा प्रहरी कार्यालय चनौटाले जनाएको छ ।
घाइते मध्ये ५ जना सञ्जीवनी समुदायीक अस्पतालमा उपचार भइरहेको छ भने १३ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल वडा प्रहरी कार्यालय चनौटाका प्रहरी निरिक्षक शंकर आचार्यले जानकारी दिए ।