चितवन– प्रियसी म्यूजीक प्रालिले ‘सँग सँगै बसेर रुन मन छ सानु’ गीतको भिडियो सार्वजनिक गरेको छ । चर्चित गायीका समिक्षा अधिकारी र बद्री श्रेष्ठको आवाजमा रहेको उक्त गित प्रियसी म्यूजीक कम्पनीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस गीतको लय गायक श्रेष्ठको रहेको छ भने शब्द रोम श्रेष्ठले लेखेका हुन् ।
गीतको भिडियोमा सारिका केसी र रामशरण श्रेष्ठले दमदार अभिनय गरेका छन् । यस भिडियोलाई म्यूजीक भिडियो निर्देशक बबिता श्रेष्ठले निर्देशन गरेकी छन् । भिडियोको छायाङ्कन सन्तोष तिमल्सिना र सम्पादन मिन रावलले गरेका छन् ।