गुणको भरतपुर काठमाडौं उडान सुरु, १७ यात्रु बोकेर उड्यो जहाज

एटुजेड समाचार

चितवन– गुण एयरलाइन्सले भरतपुर-काठमाडौं उडान सुरु गरेको छ । गुणले आज (शुक्रबार) बाट भरतपुर-काठमाडौं उडान सुरु गरेको हो ।

गुणलेआज मध्यान्ह १२ बजेर १५ मिनेटमा पहिलो उडान भरेको छ । १८ सिट क्षमताको बिमानले पहिलो उडानमै १७ जना यात्रु लिएर काठमाडौं उडेको हो । अहिले दैनीक एक वटा उडान हुने प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले जानकारी दिए । केही समयपछि ३ वटा उडान भर्ने उनले बताए । उडानका लागि बुकिङ पनि धमाधम भइरहेको छ । भरतपुरबाट काठमाडौका लागि दुई र तीन गतेसम्म सिट प्याक भएको गुण एयरलाइन्स भरतपुरले जनाएको छ ।

भरतपुर–काठमाडौंका लागि गुण एयरलाइन्सले तीन वटा फेयरमा भाडा निर्धारण गरेको छ । जसमध्य २ हजार ८३५, ३ हजार १०० र ३ हजार ५०० रुपैयाँ कायम गरेको छ । पछिल्लो समय बुद्ध एरयरले मात्रै भरतपुर उडान भर्दै आएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू