निर्देशक सुदर्शन थापाले सञ्चारकर्मी सुप्रियासँग गरे इन्गेजमेन्ट
काठमाडौं – निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन्। सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ।
सुदर्शनले सोमबार आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन्।
केही समयदेखि प्रेममा रहेका दुवैले पारिवारिक उपस्थितिमा होटेल -याडिसनमा औँठी इन्गेजमेन्ट गरेका हुन् । सुदर्शन र सुप्रियाको बिहे भने १ असोजमा गर्ने तय भएको छ ।
सुप्रिया मोडल पनि हुन्। हाल एपी वान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साँढे सात’ नामक चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन्।
तपाइँको प्रतिक्रिया