चार स्रस्टालाई एकैसाथ युवा वर्ष मोती पुरस्कार

चितवन – नेपाली साहित्यको महत्वपूर्ण पुरस्कार मध्ये एक मानिएको मोती पुरस्कार एकैसाथ चार स्रस्टालाई प्रदान गरिने भएको छ । जापानमा बसेर संसारभरिका नेपाली साहित्यकारको नेतृत्व गरिरहेका प्रकाश पौडेल माइला र नेपालमा बसेर संसारभरिका साहित्यकारलाई सेवा गरिरहेका महेश पौडेललाई प्रदान गर्ने निणर्य गरिएको छ ।
त्यस्तै युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत प्रदान गर्दै आइएको युवा वर्ष मोति पुरस्कार पाउनेमा विराटनगर बसेर साहित्यमा सेवा गरिरहेका मीनकुमार नवोदित र काठमाडौँ बसेर भाषा, संगीत, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान गरिरहेका हेम प्रभासलाई दिइने मोती पुरस्कार निर्णायक समितिले जनाएको छ ।
कोभिड-१९ का कारण गत वर्ष रोकिएको मोती पुरस्कारको घोषणा यसै वर्ष गरेका कारण एकै साथ चार जना युवा स्रष्टाले उक्त पुरस्कार पाएका छन् । निर्णायक मण्डलले २०७७ सालका लागि कवि, आख्यानकार, समालोचक एवं साहित्य अन्वेषक महेश पौड्याल र कवि एवं साहित्यिक पत्रकार मीनकुमार नवोदितलाई प्रदान गर्ने निणर्य गरेको हो ।
त्यसैगरि २०७८ सालका लागि संसारभरिका नेपाली भाषा र साहित्यकारको साझा संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष, वर्ड हाइकु एसोसिएसनका कार्यकारी सदस्य एवं हाइजिन प्रकाश पौडेल माइलालाई प्रदान गर्ने निणर्य गरिएको हो । पौडेलका साथमा काठमाडौँलाई कार्य क्षेत्र बनाएका कवि एवं गीतकार हेम प्रभासलाई पनि मोती पुरस्कार प्रदान गर्ने निणर्य गरिएको हो ।
पुरस्कारको राशी पचास हजार रुपैँया र प्रमाणपत्र रहेको छ ।मोतीराम भट्टको सम्झनामा ४० वर्ष ननाघेका युवा साहित्यकारहरुलाई प्रदान गरिने यो पुरस्कार युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण पुरस्कार मानिन्छ ।युवा वर्ष मोति पुरस्कार नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले सन् १९८७ लाई युनाइटेड नेसनले युवा वर्ष भनेर घोषणा गरेको वर्षलाई सम्झना गर्दै सुरु गरेको हो ।
तपाइँको प्रतिक्रिया