सेतिदोभानमा पहिरो, नारायणगढ मुग्लिन सडक अवरुद्ध

चितवन – अबिरल वर्षापछिको पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
भरतपुर महानगरपालिका २९ सेतिदोभानमा पहिरो खस्दा नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको हो । आज (बिहीबार) राति ८:२० बजे सेतिदोभानमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पहिरोका कारण सडक दुबैतर्फ पुर्ण रुपमा अवरोध भएको चितवन प्रहरीले जनाएको छ । अवरुद्ध सडक तत्काल सुचारु हुने सम्भावना कम रहेको प्रहरीले जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया