सुजिता भण्डारी प्रकरण: धरौटी तिर्न नसक्दा अभियुक्त सुकदेव जेल चलान
चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका ३ कि सुजिता भण्डारी प्रकरणका अभियुक्त सुकदेव भण्डारीलाई जेल चलान गरिएको छ । सुजिता भण्डारी प्रकरणमा आत्मदत्या दुरुत्साहनका अभियुक्त सुकदेवलाई चितवन जिल्ला अदालतले सोमबार पूर्पक्षका लागि जेल चलान गरेको हो ।
जिल्ला न्यायधिस प्रकाश कुमार अधिकारीको इजलासले अभियुक्त सुकदेवसँग ५० हजार धरौटी माग गरेको थियो । तर धरौटी रकम बुझाउन नसकेपछि सोमबार उनलाई जेल चलान गरिएको अदालतका श्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए ।
‘न्यायधिस प्रकाश कुमार अधिकारीको इजलासले अभियुक्तलाई ५० हजार धरौटी तोकेको थियो । तर धौरौटी रकम बुझाउन नसकेपछि सोमबार उनलाई जेल चलान गरिएको छ,’ श्रेस्तेदार आचार्यले भने ।
सुजिताकी आमा अम्बिका भण्डारीले जिल्ला प्रहरी कार्यालय चितवनमा साउन ६ गते सुकदेवविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएकी थिईन्न । सुजितालाई आत्महत्या गर्न वाध्य बनाइएको भन्दै उनले जेठाजु (सुजिताको ठुलोबुवा) का छोरा सुकदेवविरुद्ध जाहेरी दिएकी हुन् । पीडितको जाहेरी पछि साउन ७ गते प्रहरीले सुकदेवलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।
असार ११ गते हराएकी सुजिताको शव २० गते आइतबार दिउँसो ब्रम्स्थानी सामुदायीक वनमा भेटिएको थियो । प्रहरीले शवसँगै पतेरा मार्न प्रयोग हुने बिषादीको बोतल, झोला र उनले प्रयोग गर्ने गरेको मोबाइल फेला पारेको थियो।
२१ गते प्रहरीले शव पोष्टमाटमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवी शिक्षण अस्पताल पठाएको थियो । पोष्टमाटममा सुजिताको शरीरमा कुनै पनि किसिमको चोटपटक नदेखिएपछि प्रहरीले प्रेमसम्बन्धकै कारण सुजिताले आत्महत्या गरेको निष्कर्ष निकालेको थियो ।
प्रहरीको अनुसन्धानका क्रममा सुजिता र सुकदेव लामो समयदेखि प्रेम सम्बन्धमा रहेको खुलेको थियो । असार ९ गते सुजिताले सुकदेवलाई विवाह गर्न प्रस्ताव गरे पछि सोही बिषयमा दुईबीच विवाद भएको थियो । विवाह नगरे सुजिताले मर्ने धम्की दिएको र सुकेदेवले जे सुकै गर भनेका थिए । त्यसपछि ११ गते घरबाट निस्किएकी सुजिता २० गते मृत फेला परेकी थिईन् ।
के हो घटना ?
११ गते बिहान ६ बजे सुजिता साथिको घरमा तरकारी लिन भनी घरबाट निस्किएकी थिईन् ।सुजिताकी दिदी कबिताले प्रहरीलाई दिएको जानकारी अनुसार दिदी (कबिता) बहिनी (सुजिता) र भाई सँगै सुतेका थिए । सुजिता बिहान उठेर कसैलाई थाहा नदिई घरबाट निस्किएकी थिईन् । घरबाट बिहानै निस्किएकी सुजिताले केही बेरपछि दिदीलाई फोन गरेकी थिईन् ।
कबिताको मोबाइल चार्जमा राखेकोले फोन उठ्दैन । कबिताको मोबाइलमा ६,७ पटकसम्म पुरै घण्टी बजेको थियो । केही बेरमा बहिनीको मिस्डकल देखेपछि कबिताले सुजितालाई फोन गर्छिन् । कबिताले फोन गरेपछि सुजिताले आफु अपहरणमा परेको र आफ्नो आँखामा पट्टी बाँधिएको, स्प्रे छर्किएको भनेर जानकारी गराउछिन् ।
बहिनीले अपरणमा परेको भनेपछि सोही दिन कविताले ईलाका प्रहरी कार्यालय टाँडीमा टेलीफोन मार्फत घटनाको बारेमा जानकारी दिईन् । सोही दिन कविताले लिखित जाहेरी समेत दिईन् । जाहेरीपछि इप्रका टाँडीका डिएसपी ईन्द्रबहादुर रानाको नेतृत्वमा प्रहरीले अनुसन्धान सुरु गर्यो ।
खोजतलासका क्रममा असार ११ गते हराएकी सुजिताको शव २० गते आइतबार दिउँसो ब्रम्स्थानी सामुदायीक वनमा भेटिएको थियो । प्रहरीले शवसँगै पतेरा मार्न प्रयोग हुने बिषादीको बोतल, झोला र उनले प्रयोग गर्ने गरेको मोबाइल फेला पारेको थियो। २१ गते प्रहरीले शव पोष्टमाटमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवी शिक्षण अस्पताल पठाएको थियो ।
पोष्टमाटममा शरीरमा कुनै पनि किसिमको चोटपटक नदेखिएपछि सुजिताले आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ । प्रहरीको अनुसन्धानका क्रममा सुजिताको सुकदेवसँग प्रेम सम्बन्ध रहेको देखिन्छ । सुजिताको साउन ४ गते देवघाटमा अन्त्येष्टि गरिएको थियो ।
यस्तो थियो सुजिता र सुकदेवको सम्बन्ध
सुजिता भण्डारी र झापाको झापा गाउँपालिका ६ शरणामतिका सचिन भन्ने सुकदेव भण्डारी नाताले दाजु बहिनी । सुजिता सुकदेवको कान्छो काकाकी छोरी । नाताले दाजु बहिनी भए पनि यि दुईको सम्बन्ध यतीमा मात्रै सीमित थिएन । बिगत केही समयदेखि सुजिता र सुकदेव प्रेम सम्बन्धमा थिए ।
यि दुईको सम्बन्धमा बारे परिवार पनि जानकार थियो । धेरै पटक परिवारले सचेत समेत गराएका थिए । सुकुदेव र सुजिता काठमाडौं गई एक साथ बस्ने योजनामा थिए । चितवनबाट दिदीको घर काठमाडौं जान्छु भनेकी सुजिताले केही समय दिदीको घरमा बसेर सुकदेवलाई तुरुन्त कोठा खोज्न दबाब दिएकी थिईन् । सुकदेवले कोठा खोजेर उनीहरु सँगै बसेको समेत अनुसन्धानले देखाउछ ।
केही समय एकअर्कासँग बसेपछि सुजिताले सुकदेवलाई विवाह गर्न दबाब दिएको पनि अनुसन्धानमा खुलेको छ । विवाह गर्न सामाजिक तथा नैतीक कठिनाई हुने भएपछि सम्भव भएसम्म बिदेश जाने उनीहरुको योजना थियो । तर सम्भव नभए एक आपसमा अपहरणमा परेको बहाना बनाई कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना बनाएका थिए ।
असार ९ गते सुजिताले सुकदेवलाई विवाह गर्न प्रस्ताव गरे पछि सोही बिषयमा दुईबीच विवाद भएको देखिन्छ । विवाह नगरे सुजिताले मर्ने धम्की दिएको र सुकेदेवले जे सुकै गर भनेको प्रहरीको अनुसन्धानले देखाउछ । त्यसपछि यि दुईबीच सम्पर्क नभएको घटनाका प्रमुख अनुसन्धान अधिकृत डिएसपी ईन्द्रबहादुर रानाले बताए ।
तपाइँको प्रतिक्रिया