कालिका नगरपालिकामा आर्दश नारी विकास केन्द्रको सम्पर्क समिती विस्तार
भरतपुर – महिलामाथि हुने हिंसाविरुद्धको अभियानलाई ससक्त बनाउन आर्दश नारी विकास केन्द्र नेपालले पालिका स्तरीय सम्पर्क समिती तथा शाखा विस्तार कार्य आजबाट शुरु गरेको छ । न्यायमुलक र हिंसारहित समाजको अभियानलाई गाउं र वडा स्तरमा फैलाउंदै कालिका नगरपालिकामा आज सम्पर्क समिति गठन गरीएको हो
।
अर्पणा दुवाडीको संयोजकत्वमा ९ सदस्यीय कालिका नगरस्तरीय समिती गठन गरिएको हो । नवगठित समितिको सहसंयोजकमा मेनका थापा, उपाध्यक्ष सीता हुमागाई, सचिव सुमित्रा थापा, कोषाध्यक्ष कोपिला दाहाल,रहनुभएको छ । यसैगरि सदस्यहरुमा सपना गीरि, पद्मा राना, गीता रेग्मी पण्डित र रितु वाग्ले रहनुभएको छ । समितीको पहिलो बैठकबाट चेपागं र दलित समुदायबाट १,१ जना मनोनित गरिने संयोजक दुवाडीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित संयोजक दुवाडीले महिलामाथिको हिंसा विरुद्ध लाग्न आफुहरुलाई साहास थपिएको बताउनुभयो । उहाँले संस्थाको उद्देश्यका अनुरुप कार्य गर्न आफुहरु लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।नेपाली काग्रेस नगरसभापति राजु श्रेष्ठले कालिका नगरलाई हिंसारहित नगरको रुपमा विकास गर्न आफुहरु कटिवद्ध रहेको बचनबद्धता व्यक्त गर्दै घरभित्रको हिंसा निराकरणमा पुरुषहरु पनि ंसंगसंगै हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
कालिका नगरको अधिकाशं भुभाग पहाडी रहेकाले यहाँका सीमान्तकृत अल्पसंख्यक समुदायलाई पनि समेटेर महिला शसक्तिकरणको अभियान चलाउनुपर्ने उहाँको सुझाव थियो । पहाडी महिलाहरु घरभित्र चरम हिंसा सहन बाध्य छन् उनीहरुको हक अधिकारमा लाग्नु जरुरी छ उहाले भन्नुभयो । जोखिममा रहेको महिलाहरुको उद्धार तथा संरक्षण गर्दै प्रभावितलाई न्यायीक प्रकृयामा सघाएर कालिका समिती नेपालमै उत्कृष्ट सम्र्पक समिति बन्नोस् भन्ने कामना गरिएको छ ।
ससक्तिकरण बिनाको न्याय अपुरो हुने भन्दै संस्थाले विभिन्न स्थानीय तहसंगको समन्वयमा महिला ससक्तीकरणका अभियान पनि सञ्चालन गर्दैछ । पीडितका आन्तरिक रूपमा दबिएर बसेको पीडालाई मलम लगाउदै संस्थाका गतिविधि अगाढी बढाइदैछ । कालिका नगरमा आर्दशको संस्थागत प्रवेशले हिंसा विरुद्धको अभियान थप ससक्त हुने विश्वास लिइएको छ । कालिकाले आर्दश जस्तो संस्था पाउंदा महिलामाथि भइरहेका हिंसाका घटनामा कमी आउने र पीडितले तथा प्रभावितले न्यायको अनुभुति सहजै गर्न सक्ने विश्वास सामाजिक अभियन्ता हरि प्रसाद भण्डारीको थियो । समाजलाई आदर्श बनाउन महिलालाई हरेक कुरामा सशक्त बनाउन यस संस्था सहयोगी बन्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष मीना खरेलले संस्थाले २०४९ सालदेखि महिलामाथिको विभेद, शोषण, दमन र अत्याचारका विरुद्ध आवाज उठाउंदै उनीको न्यायका लागि सहजीकरण्या गर्दै आएको बताउनुभयो । शहरकेन्द्रित अभियानले हिंसारहित समाजको सपना साकार पार्न नसकिने बताउंदै उहाँले आर्दशको अभियानलाई मुर्त रुप दिन जिल्लाका सबै पालिकामा वडा तथा गाउं तहलाई समेटेर सम्पर्क समिती विस्तार गर्न लागिएको जानकारी दिनुभयो । अधिकार स्थापित गर्न र घरभित्रको हिंसा निराकरणमा सबै लाग्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष उषा खरेल सुवेदीले आर्दशको अभियानलाई सशक्त रुपमा अगाडि बढाउन जरुरी रहेकोले जिल्लाका सबै पालिकामा सम्पर्क समिती गठन गरिसकेपछि अन्य जिल्ला र प्रदेशमा शाखा विस्तार गरिने बताउनुभयो । कार्यक्रमका सञ्चालन संस्थाका सचिव पृथ्वी सुवेदीले गर्नुभएको थियो । आर्दश नारी विकास केन्द्र विगत ३० बर्षदेखि चितवनमा महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि खवरदारी गर्दै विभिन्न अभियानहरु सञ्चालन गर्दै आइरहको छ।
तपाइँको प्रतिक्रिया