अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्दार गर्ने सरकारको निर्णय
काठमाडौं – सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाढि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यहाँ करिब १५ सय नेपालीहरु रहेको अनुमान छ । उनीहरुको अवस्था थाहा हुन सकेको छैन । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आह्वान गरेको छ ।
अफगानिस्तानमा विद्रोही समूह तालिबानले कब्जा जमाएपछि राजधानी काबुलमा भयको वातावरण छ । विमानस्थलमा काबुल छाड्न चाहनेहरुको भागदौड देखिन्छ ।
तपाइँको प्रतिक्रिया