ग्लोबल आइएमईको नाफा बढ्दा खुद व्याज आम्दानी नौ अर्ब नाघ्यो
काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अवधिसम्ममा ४ अर्ब १२ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले हालै सार्वजनिक गरेको वित्तिय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष बैंक नाफामा ४१.८७ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो।
त्यस्तै बैंकको खुद ब्याज आम्दानी पनि बढेर ९.४७ प्रतिशतले बढेर ९ अर्ब ३ लाख ५८ हजार पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी आठ अर्ब २२ करोड २० लाख १३ हजार रुपैआन रहेको थियो।
बैंकको खुद नाफा र खुद ब्याज आम्दानी बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ७५ पैसा बढेर १९ रुपैयाँ ८ पैसा पुगेको छ भने, प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ११ पैसा रहेको छ ।
तपाइँको प्रतिक्रिया