भरतपुर अस्पतालले भन्यो : अत्यावश्यक अवस्थामा मात्रै अस्पताल आउनु
चितवन – भरतपुर अस्पतालले अती आवश्यक अवस्थामा मात्रै अस्पताल आउन आग्रह गरेको छ । अस्पतालमा धेरै भिडभाड हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै अस्पतालले यस्तो आग्रह गरेको हो ।
अस्पतालले अत्यावश्यक अवस्थामा स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै घर बाहिर निस्कन, जथाभावी हिडडुल नगर्न तथा प्रशासनले जारी गरेको निषेधाज्ञा पालना गर्न पनि आग्रह गरेको छ ।
संक्रमणदर बढेसँगै कोभिडका लागि छुट्टाइएको शैया संख्या भन्दा बढी संक्रमितहरुको उपचार गर्नु परेको अस्पतालले जनाएको छ । अस्पतालले आइसियू, एचडियू, भेन्टिलेटर एवं अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या अत्याधिक रहेको तथा मृत्युदर पनि उच्च रहेकोले आगामी दिनमा उपचारको व्यवस्थापनमा नै समस्या देखिने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
तपाइँको प्रतिक्रिया