चितवनमा थप ७४ जना कोरोनामुक्त, ४७ संक्रमित थपिए
चितवन – चितवनमा पछिल्लो २४ घण्टामा ४७ जना नयाँ कोरोना भाइरस संक्रमितहरु थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
जसमा भरतपुर महानगरपालिका भित्रका मात्रै ३३ जना छन् । यस्तै खैरहनी नगरपालिकाका ४, माडीका १, रत्ननगरका ५, राप्तीमा १, र कालिकाका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यस सँगै चितवनमा कोरोना संक्रमितको संख्या २३ हजार ४४ पुगेको छ ।
उता पछिल्लो २४ घण्टामा ७४ जना संक्रमितहरु निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या २० हजार १७८ पुगेको छ । २ हजार ५०१ जनामा अझै कोरोना सक्रिय छ । उनीहरु मध्ये २ हजार ३२८ जना होम आइसोलेसनमा छन् भने १६६ जना अस्पताल तथा ७ जना संस्थागत आइसोलेसनमा छन् ।
जिल्लाभर कोरोना संक्रमणबाट अहिलेसम्म ३६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चितवनमा ३ जनाको मृत्यु भएको छ । उनीहरु मध्ये २ जना भरतपुरका संक्रमित हुन् भने अर्का एक कालिका नगरपालिका हुन् ।
तपाइँको प्रतिक्रिया