गर्मी मौसममा यी तीन फलका विशेषता
चितवन – स्वास्थ्यको फाइदाका हिसाबले भुइँकटहर, काँक्रो र केरालाई अदभूत फल मानिन्छ । तराई र भित्री मधेसमा सजिलै उपलब्ध हुने यी फलहरुलाई मिठो तथा गुणकारी फल पनि भन्ने गरिन्छ । अहिले गर्मी मौसममा बजारमा अधिक मात्रामा पाइने यी फलहरु औषधिय गुणले भरिपूर्ण रहेको विश्वास छ । यस्ता छन् यी फलका विशेषता :
भुइँकटहर
पोषक तत्वको भण्डारका रुपमा चिनिने भुइँकटहरलाई शक्तिको मुख्य स्रोत पनि भन्ने गरिन्छ। यो फल अहिले बजारमा भुइँकटहर प्रसस्त मात्रामा पाइने गरेको छ। यसमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर पाइन्छ भने भिटामिनमा ए, सी, बिटा क्यारोटिन, थियामिन, बी ५, बी ६ र फोलेट पाइन्छ । यसमा पोटासियम पनि पर्याप्त मात्रामा हुन्छ। साथै भोजन पचाउन चाहिने विभिन्न तत्व हुन्छन्। काँचो मेवा खानाले कब्जियतबाट छुट्कारा दिलाउँछ। यस्तै, कपर, म्यागनिज, क्याल्सियम, सोडियम र म्याग्नेसियम पाइन्छ । यसमा कम क्यालोरी हुने हुनाले तौल घटाउन पनि उपयोगी मानिन्छ।
भुइँकटहरमा एन्टी अक्सिडेन्ट तत्व हुन्छ जसले गर्दा बुढ्यौलीका लक्षणहरुलाई कम गर्ने, शरीरका कोषहरुको क्षयिकरण रोक्ने, अनुहारका दाग धब्बा तथा चाउरीपना कम गर्न सहयोग गर्छ । यसमा हुने भिटामिन सी ले कोलाजेन फाइबर बनाउन सहयोग गर्छ, जसले मांसपेशी र छालालाई स्वस्थ राख्दछ । यसमा हुने प्रोटिनले छालालाई चम्किलो बनाउँछ । भुइँकटहरमा एन्टी फ्लेमेटरी, एन्टिअक्सिडेन्ट तत्व हुनुका साथै पर्याप्त फाइबर समेत हुन्छ । भुइँकटरहमा हुने भिटामिन सी जस्ता तत्वहरुले शरीरको रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न सहयोग गर्छ ।
भुइँकटहरमा भिटामिन सी उच्च मात्रामा पाइने हुनाले घाउ तथा चोटपटक चाँडो निको पार्न मद्दत गर्छ र संक्रमणको प्रतिरक्षा गर्छ । यसले रक्त धमनीका भित्ता, छाला, अंगहरु तथा हड्डीका लागि आवश्यक एक प्रकारको प्रोटिन ‘कोलाजेन’ निर्माणमा प्रमुख भूमिका खेल्छ। यो फलले एन्टी फ्लेमेटरी, एन्टिअक्सिडेन्ट तत्व हुनुका साथै पर्याप्त फाइबर समेत हुन्छ । भुइँकटरहमा हुने भिटामिन सी जस्ता तत्वहरुले शरीरको रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न सहयोग गर्छ ।
काँक्रो
मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ। काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो। काँक्रोले मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्नुका साथै यसमा भएको भिटामिन ए, बि र सिले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ। काँक्रोलाई मिर्गौलाको पत्थरीमा निकै लाभकारी मानिन्छ। यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ। यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ। यसमा पाइने उच्च एन्टिअक्सिडेन्टले जोर्नी दुखाईलाई पनि मद्दत गर्छ।
केरा
केरा निकै मिठो तथा गुणकारी फल हो । वास्तवमा केरा फलहरु मध्येमा सबैभन्दा उत्तम फल भन्दा फरक पर्दैन । यो अरु फलको तुलनामा सस्तो तथा प्रायः सबै मौसममा पाइने भएकाले पनि धेरैको रोजाइमा पर्छ । विभिन्न अध्ययनबाट के पुष्टि भएको छ भने दुइ कोसा केरा खाने हो भने ९० मिनेटसम्म धपेडीयुक्त काम गर्नलाई समेत सरीरमा पर्याप्त उर्जा पुग्छ । डिप्रेसनको समस्या भएकाहरुले केरा खानु लाभदायक हुने तथ्य पछिल्लो अनुसन्धानले देखाएको छ । केरामा टि्रप्टोफ्यान भन्ने तत्व हुन्छ जुन एक प्रकारको प्रोटिन हो र यसलाई मानिसको सरीरले सेरोटोनिनमा बदल्छ । केरामा उच्च मात्रामा फलाम तत्व पाइन्छ जसले रगतमा हेमोग्लोबिन अर्थात् रक्तकणको उत्पादन बढाउँछ र रक्तअल्पताबाट बचाउन सहयोग गर्छ । केरामा पर्याप्त मात्रामा पोटासियम लवण पाइन्छ जसले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।
तपाइँको प्रतिक्रिया