कांग्रेसको नौ भ्रातृ संघसंस्थाहरुको म्याद ६ महिना थप
काठमाडौं – नेपाली कांग्रेसले नौ वटा भ्रातृ संघसंस्थाहरुको म्याद ६ महिना थप गरेको छ ।
कांग्रेसले म्याद समाप्त भएका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका १३ वटा भातृ संस्थाहरु छन् । ति मध्ये नौ वटा भ्रातृ संघसंस्थाहरुको म्याद सकिएको थियो ।
तपाइँको प्रतिक्रिया