सुनको मूल्यमा एक हजार रुपैयाँ वृद्धि
चितवन- साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको अन्तिम दिन (शुक्रबार) प्रतितोला ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढेर ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै शुक्रबारको तुलनामा आज तेजाबी सुनको मूल्य पनि ९५० रुपैयाँले बढेर ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुनको मूल्य ८९ हजार २५० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज (आइतबार)का लागि प्रति १० ग्राम छापावाला सुनको मूल्य ७७ हजार ७६० रुपैयाँ कायम गरेको छ भने, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७७ हजार ३३० रुपयाँ कायम गरेको छ।
माहासंघले कायम गरेको दर अनुसार आज प्रति तोला चाँदीको मूल्यमा पनि २० रुपैयाँ वृद्धि भई एक हजार २०५ रुपयाँमा कारोबार भइरहेको छ।
तपाइँको प्रतिक्रिया