‘उधारो बीमा गर्नु नियम बाहिरको काम गरेर बदनाम हुनु हो’- सिद्धार्थ इन्स्योरेन्स प्रदेश प्रमुख रेग्मी
नेपालमा बीमा कम्पनीको संख्या बढ्दै गए पनि अहिलेसम्म जीवन र निर्जीवन बीमा कम्पनीको सन्तोषजनक प्रगति भएको
भने देखिएको छैन । जनमानसमा बीमा सम्बन्धि सचेतनाको कमि र आर्थिक सुरक्षामा बीमाको महत्वको बारेमा जनचेतनाको अभाव जस्ता बिबिध कारणले गर्दा पनि बीमा व्यवसाय अझै फराकिलो हुन नसकेको अवस्था छ । बीमा व्यवसायको अवस्था यस्तो हुँदा हुँदै पनि आजलाई होइन भविष्यलाई हेरेर अनवरत रूपमा १६ वर्ष सम्म आफुलाई यही क्षेत्रमा स्थापित गरिसक्नुभएका सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड बागमति प्रदेश प्रमुख माधव रेग्मीसँग बीमा व्यवसायका संघर्ष र सफल बन्ने शुत्रका विषयमा एटुजेडकर्मी कमला भुसालले गर्नुभएको कुराकानीः
१, बीमा क्षेत्रमा प्रवेश कसरि गर्नुभयो?
मैले आफ्नो करियर सुरु गरेको माइक्रो फाइनान्सबाट हो । माइक्रो फाइनान्समा काम गरिरहेकै अबस्थामा मलाई बीमा कम्पनीमा भबिश्य उज्वल रहेको हुदा यो क्षेत्रमा काम गर्नु भन्दै मेरो काका तथा अभिभावक बिस्णु रेग्मी जो हाल साहायक महाप्रबन्धक को रुपमा कुमारि बैकको बागमति प्रदेश प्रमुख भई बैकिङ क्षेत्रमा हुनुहुन्छ, उहाले अवसर तथा प्रेरणा दिन भएर यस क्षेत्रमा लागेको हु । २०६२ साल मा सगरमाथा इन्स्योरेन्स नारायणगढबाट बीमा क्षेत्रमा प्रवेश गरेँ । सगरमाथामा सहायक स्तरको सामान्य कर्मचारीको रूपमा काम सुरु गरेर तीन वर्षको अन्तरालमा अधिकृत हुँदै शाखा प्रमुख बन्न सफल भएँ । दुई वर्ष शाखा प्रमुखको रुपमा सगरमाथामा इन्स्योरेन्शमा काम गरिसकेपछि विगत ११ वर्षदेखि सिद्धार्थ इन्स्योरेन्सको नारायणगढ शाखामा शाखा प्रमुखको भैइ काम गर्दै हाल बागमती प्रदेशको नायव प्रदेश प्रमुखको रुपमा कार्य गरिरहनु भयको छ ।
२, बीमा भनेको के हो ? बीमा किन गर्ने ?
छोटो भाषामा भन्नुपर्दा बीमा भनेको चाहिँ सुरक्षा हो । खासगरी बीमा दुई प्रकारका छन् । एउटा जीवन बीमा र अर्को निर्जीवन बीमा । अहिले रि–इन्स्योरेन्स कम्पनीहरु पनि नेपालमा आइरहेका छन् । बीमा विश्वासको आधारमा गरिन्छ । बीमा गर्नु अघि आफुले लिन वा गर्न चाहेकोले बीमाको बारेमा बुझ्न बुझाउन जरुरी हुन्छ । मेरो क्षेत्र चाहिँ निर्जीवन बीमा भएको हुँदा निर्जीवन बीमा किन गर्ने भन्ने जानकारी गराउन चाहन्छु । निर्जिबन बीमा जोखिम हस्तान्तरण गर्ने माध्यम हो । आफ्नो सम्पत्ति मा हुन सक्ने विविध हानी,नोक्सानी बाट हुने आथिर्क क्षेतिबाट मुक्त हुनका लागि निर्जीवन बीमा गर्न आवश्यक छ ।
३, तपाइँ आवद्ध संस्था सिद्धार्थ इन्स्योरेन्स कम्पनीले कस्तो प्रकारको बीमा गर्छ ?
सिद्धार्थ ईन्योरेन्स निर्जिबन बीमा कम्पनि हो । कम्पनिले मुलत कमर्सियल बीमा हरु अन्तर्गत सम्पती बीमा ,मोटर बीमा, सामुन्द्रीक बीमा, हवाई बीमा ,कृस्षि तथा पशु बीमा ,स्वास्थ बीमा, विविध बीमा गर्छ । जस्तै–उद्योगधन्दा, कलाकारखाना, साना तथा ठूला पसल र गोदाम, घर, भवन, संरचना, होटेल रेस्टुरेन्ट, पार्टी प्यालेस यी सबै भनेको निर्जिबन अन्तर्गत गरिने बीमा हो । त्यस्तै नेपाल सरकारबाट अनुमति लिएर चल्ने सबै प्रकारका सवारीको बीमा गर्न सकिन्छ ।
४, सिद्धार्थ इन्स्योरेन्सको सबैभन्दा बढी रुचाइएको प्रडक्ट कुन हो ?
’मार्केटको भोल्युम’को हिसाबले हेर्दा मोटर्स विजनेशको हिस्सा बढी ओगटेको हुँदा सिद्धार्थमा पनि मोटर्स विजनेशको ’प्रिमियम भोल्युम’ चाहिँ अन्य भन्दा ४५/५० प्रतिशतको हाराहारीमा छ। त्यसैले मोटर्स विजनेशनै बढी रुचाइएको भन्न सकिन्छ । साथै हामिले हाम्रा ग्राहक बर्गको हामि प्रतिको बिस्वाशले हाम्रा सम्पुर्ण बीमा प्रडक्टहरु उत्शाहजनक रुपमा बेच्दै आहेका छौ ।
५, नेपालमा बीमा कम्पनीहरु प्रसस्त हुँदा पनि कम्पनीहरुले सोचेको जस्तो व्यवसाय बढाउन नसकेको जस्तो देखिन्छ । के अझै जनमानसमा बीमा सम्बन्धि सचेतना नपुगेर हो ?
आजका दिनमा पनि बीमा कम्पनीहरुमा केही कमि कमजोरीहरु पक्कै छन् । मूख्य त बीमा समिति र बीमा कम्पनीहरुले नै बीमा गर्नु अघि र गरिसकेपछिका यसका फाईदा बारेमा आम जनमानसमा पुगेर जनचेतना फैलाउन सकेको अवस्था छैन । यसको कारण विविध हुन सक्छ्न जस्तैः बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव, सूचना सम्प्रेषणका लागि बजेटको अपर्याप्तता आदि कारणले गर्दा बीमा कम्पनीले आम जनतामा बीमा सम्बन्धि चेतना फैलाउन नसकेको अवस्था छ ।
६, निर्जिबन बीमा कम्पनीले एजेन्ट परिचालन कसरि गर्छ
निर्जिबन बीमा कम्पनीले पनि यजेन्ट तथा एजेन्सी पनि छ राखेका त हुन्छ्न । तर कुरा के छ भने जिवन बीमामा जस्तो निर्जीवन बीमा कम्पनीमा एजेन्टहरुले नै व्यापक रुपमा काम गर्ने भन्ने हुदैन । कम्पनीको मार्केटिङ्ग डिपार्टमेन्ट हुन्छ त्यसबाट मार्केटिङ्गको कर्मचारीहरुलाई बार्षिक एउटा लक्ष्य दिइएको हुन्छ त्यो लक्ष्य अनुसार कर्मचारीहरुले नै कम्पनीको लक्य्क्ष्य प्राप्तिको लागी काम गरेका हुन्छ्न ।
७, बीमा गरिसकेपछि दाबी भुक्तानी कसरी हुन्छ ?
बीमितले बीमा दाबिको सुचना कम्पनीलाई दिईसकेपछि बीमा समितिबाट मन्यता प्राप्त बीमा सर्भेयरहरुबाट क्षेतिको मुल्यान्कन गराई दाबी समन्धि आबश्यक कागजपत्र मागि जोखिम र नोक्सानीको विश्लेषण गरेर बीमितलाई दाबि रकम भुक्तानी गर्छ ।
८, सिद्धार्थको नयाँ प्रडक्ट ल्याउने योजना के छ ?
अहिले त खासै त्यस्तो नयाँ योजना केही छैन। सिद्धार्थ घर संसार बीमा,सिद्धार्थ पारिवारिक बीमा, सिद्धार्थ आदर्श नारि बीमा भन्ने प्रडक्टहरु चाहिँ हामीले अहिले बेचिरहेका छौं । हामीले स्वास्थ्य बीमाका प्रडक्ट पनि बेचिरहेका छौं । स्वास्थ्य बीमामा हामी आफुलाई पायोनियर कम्पनी भनेर दाबी गर्छौं । नेपालभर नाम चलेका ६० भन्दा बढी हस्पिटलसंग हामीले सम्झौता गरेका छौं । बीमितले बीमा गरिसकेपछि हामीले सम्झौता गरेका हस्पिटलमा उपचार गर्दा नगद रहित उपचार सुबिधा पाउछ्न भने अन्य नियमित बीमा लेखहरु त हामिसँग छँदै छन ।
९, तपाइँले स्वास्थ्य बीमाको कुरा जोडिहाल्नुभयो । अब तपाइको बिचारमा भनिदिनुहोस न, सरकारले कोरोना बीमालाई कसरी सहयोग गरेको छ?
पहिले त हामीले कोरोना बीमाको प्रडक्ट बेच्ने गरेका थियौं । अहिले भने कुनै पनि कम्पनिले कोरोना बीमा लेख मात्र बेचेका छैनन् । बीमा कम्पनीहरुले कोरोना बिमा बेच्न छाडेको अवस्था छ । हाललाई कोरोना प्रडक्ट बेच्न रोकिएको छ । रि– इन्स्योरेन्सको ब्यबस्थापन नभयको तथा अर्को कुरा नेपाल सरकारले कोरोना बीमाको लागि बीमा कम्पनीहरुलाई ‘कमिटमेन्ट’ गरेको रकम जुन रकम बीमा समितिबाट आउनुपर्ने थियो त्यो रकम बीमा कम्पनीको खातामा नआइसकेको अबस्थाले हाल कोरोना बीमा दाबि भुक्तानि समेत हाललाई स्थगित गरिएको छ । अब सरकारि तबरबाट कोरोना बीमा भुक्तानिको लागि आबश्यक रकम निकाश गर्नु पर्ने आबश्यकता रहेको छ ।
१०, बीमा कम्पनीमध्ये सिद्धार्थ इन्स्योरेन्स कुन स्थानमा छ । यसलाई अझै अगाडी बढाउन कम्पनीले कस्तो भूमिका खेलेको छ ?
हामीले नियम भन्दा बाहिर गएर कहिल्यै पानी काम गरेका छैनौं । यस कम्पनीमा मेरो ११/१२ वर्षको अनुभव छ । हामीले जे काम गरेका र्छौं , एकदम नियमबद्ध रुपमा काम गरेका छौं । बीमा समितिले कायम गरेका नीति नियमहरु र संचालक समिति ले तोकेका निर्देशनको पालना गर्दै काम गरेका छौं । हामीले बजारमा उधारो बीमा गर्ने काम गर्दैनौं । र जति पनि बीमा क्षेत्रमा काम गर्ने व्यवसायीहरु र्छौ सबैलाई मेरो एउटा अनुरोध छ, ‘कसैले पनि उधारो बीमा नगरौँ, यस्तो गर्नु भनेको नियम भन्दा बाहिरको काम गरेर बदनाम हुनु हो ।’ कम्पनीको प्रोफिट र प्रिमियरको हिसाब हेर्ने हो भने हाम्रो पहिलो हुने प्रयासमा निरन्तरता रहेको छ ।
११, बीमा समितिसंग बीमा कम्पनीले कस्तो अपेक्षा राखेको छ?
बीमा कम्पनी बीमा समितिकै निति नियम र निर्देशन मा बसेर काम गर्नुपर्छ । पछिलो समयमा बीमा व्यवसायामा भइरहेका उधारा बीमालाई नियन्त्रण गर्न बीमा समितिले नयाँ कदम उठाएको छ । बीमा लेख जारी गर्नुभन्दा पहिला आफ्नो कम्पनीको खातामा बीमा प्रिमियम जम्मा गरेर मात्र बीमा गर्न समितिले स्थलगत निरीक्षण गरि जुन काम गरेको छ त्यो एकदमै सराहनीय छ । साथै बीमा समन्धि तालिम , अब सचेतना ब्यापक रुपमा गरि बीमा क्षेत्रलाई अझ ब्यबस्थित र मर्यादित बनाउन बीमा समिति लाग्नु पर्छ भन्ने लाग्छ ।
१२, र अन्तमा बीमा कम्पनीका जति पनि कार्यरत हुनुहुन्छ नि वहाँहरुलाई तपाइँ के भन्न चाहनुहुन्छ ?
निर्जिबन बीमा कम्पनीको कुरा गर्दा यो क्षेत्रमा सबैभन्दा मूख्य कुरा परिश्रम र निरन्तरता दिनुपर्छ । आफ्नुले बेचने बीमा लेख बारे प्रयाप्त अध्यन गर्नु पर्छ त्यसपछि बीमा क्षेत्रमा इमान्दारिता हुन जरुरी छ । सुरुवातका दिनहरु एकदमै गाह्रो हुन्छ, तत्कालको लागि भन्दा पनि भविष्य सोचेर काम गर्नुपर्छ । तर, पनि एक दुई वर्ष बजारमा टिक्न सक्यो भने भबिश्य मा वृद्धि विकास हुँदै जान्छ । त्यसैले जो पनि नयाँ साथिहरु यो क्षेत्र आउनुहुन्छ संघर्ष गर्नुहोस एकदिन सफलता अवस्य मिल्नेछ भन्न चाहान्छु ।
तपाइँको प्रतिक्रिया