मकवानपुरको ज्यामिरे खोलामा पक्की पुल निर्माण
वाग्मती – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ स्थित ज्यामिरे खोलामा निर्माण गरिएको पक्की पुलको आज शुभारम्भ गरे ।
सङ्घीय सरकारको रु ८९ लाख ६४ हजार, प्रदेश सरकारको रु ३० लाख र मकवानपुरगढीको रु दुई करोड १८ हजार चार सयका लागतमा निर्माण गरिएको सो पुलको कूल लम्बाइ २६.६५ मिटर र चौडाइ ७.२० मिटर छ ।
सो अवसरमा उहाँले प्रदेश सरकार गठन भएको साढे तीन वर्षमा प्रदेशभरिमा ६२ पुल निर्माणका साथै चार सय किलोमिटर पक्की सडक निर्माण भएको जानकारी दिए । कार्यक्रममा मकवानपुरगढीका अध्यक्ष विदुर हुँमागाईंले गाउँपालिकाका विकासमा सबैले सहयोग पु¥याउन आग्रह गरे ।
तपाइँको प्रतिक्रिया