चितवन ट्राफिकलाई स्वास्थ्य सामाग्री सहयोग

एटुजेड समाचार

चितवन – नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ नेपालले चितवनको ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संघले आज (शनिबार) आफ्नो ५२ औं स्थापना दिवसको अवसरमा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

एक कार्यक्रमकाबीच चितवन ट्राफिक प्रमुख भगवान राज थापालाई संघका वरिष्ठ उपाध्यक्ष धुर्व कोइरालाले २ सय थान मास्क, ५ लिटर सेनिटाइजर, ५ प्याकेट पञ्जा र २२ थान फेसशिल्ड हस्तान्तरण गरे ।

महामारीमा अग्रपंत्तिमा खटिने ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री सहयोग गरिएको संघका वरिष्ठ उपाध्यक्ष कोइरालाले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु