विवाहको एक वर्षमा नै मियाको ‘डिभोर्स’
एजेन्सी – पूर्व ‘एडल्ट पोर्न’ स्टार मिया खलीफाले पति रोबर्ट स्यान्डबर्गसँग सम्बन्धविच्छेद गर्ने भएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले पतिसँग सम्बन्धविच्छेद गर्न लागेको खुलासा गरेकी हुन् ।
सन् २०१९ मा इन्गेजमेन्ट गरेर अघिल्लो वर्ष विवाह गरेकी मियाको विवाह भएको एक वर्ष मात्रै पुगेको छ । मिया र रोबर्टको विवाह लामो समय टिक्न पाएन । मियाले सम्बन्धलाई टिकाउन भरपुर कोसिस गरेको समेत खुलाएकी छन् ।
मियाले लेखेकी छन्, ‘हामी पूरै आत्मविश्वासका साथ भन्छौँ कि हामीले विवाहलाई सफल बनाउन धेरै कोसिस गर्यौँ । तर एक वर्षसम्म कोसिस गर्दा पनि हामीले सम्बन्धलाई बलियो बनाउन नसकेपछि छुट्टिने निर्णयमा पुगेका हौँ ।’
‘हामीले एक अर्कालाई सधैँ माया र प्रेम गर्यौँ । साना तिना खटपटले हामीलाई अलग बनाउन त सक्दैन थियो । तर सम्बन्धमा यस्तो मोड आयो जसलाई हामीले सुल्झाउन सकेनौँ ।’
तपाइँको प्रतिक्रिया