मेयर दाहालद्वारा भरतपुर १० का स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
चितवन – भरतपुर महानगरपालिका वडा नम्बर १० ले वडामा कार्यरत १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । वडामा आज एक कायक्रमको आयोजना गरी महानगर प्रमुख रेनु दाहालले साइकल हस्तान्तरण गरेकी हुन् ।
नागरिककको घरघरमा स्वास्थ्य सचेतना प्रदान गर्न जानु पर्ने महिला स्वास्थ्य स्वयंसेविकाका लागि सहजता प्रदान गर्न वडाको बजेट बाट उनीहरुका लागि साइकल प्रदान गरिएको वडा अध्यक्ष एवं महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले बताए ।
महानगरमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुको मनोबल विकास गर्न महानगरले निरन्तर काम गरिरहेको र अहिले पनि बडामा कार्यरत महिला स्वयंसेविकालाई साइकल प्रदान गर्न पाउदा धेरै खुसि लागेको महानगर प्रमुख रेनु दाहालले बताइन् ।
आफुहरु रात दिन नभनी जनताको सेवामा निरन्तर खटिएको र बोलेर भन्दा पनि आफुहरुले गरेको कामबाट आएको परिणामबाट आम नागरिकले मुल्याङ्कन गरेको उनको भनाई छ । मेयर दाहालले आफुहरुले महानगर वासीको विकासको चाहाना पुरा गर्दै देशकै गौरव गर्न लाएक महानगर बनाउने अभियानमा निरन्तर लागि रहेकोे पनि बताइन् । महिला स्वास्थ्य स्वयंसेविकाको लागि चाडपर्व भत्ता प्रदान गर्ने देखि अन्य आवश्यक चिजहरु उपलब्ध गराउन आफुहरु तयार रहेको पनि बताइन् ।
उपमेयर पार्वती शाह ठकुरीले महानगरले विकासमा धेरै फड्को मारेको दावी गरिन् । आफुहरु अहिले सम्म निस्वार्थ भावनाले निरन्तर समुन्नत महानगर बनाउने अभियानमा सक्रिय भएको र कोही पनि नागरिकले गुनासो रहने ठाउँ नराखी काम गर्ने दाबी गरिन् ।महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि वडाबाट, महानगरबाट सबै तिरबाट आफुहरुले सहयोगका कार्यक्रम अगाडी बढाएको पनि बताइन् ।
तपाइँको प्रतिक्रिया