दुई जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा
सरकारले दुईवटा जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
सोमबार सिंहदबारमा बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोक र मनाङलाई आगामी असोजसम्मका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको हो। ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक र मनाङलाई असोज मसान्तसम्म लागू हुने गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ,’ बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने।
तपाइँको प्रतिक्रिया