नेपालमा थपिए २४४५ करोना संक्रमित, ३२ को मृत्यु
चितवन – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छब । देशभरका प्रयोगशालामा ७ हजार ८३३ पिसिआर परीक्षण गर्दा १ हजार ६४२ तथा ३ हजार ८३१ एन्टिजेन परीक्षण गर्दा ८०३ जनामा संक्रमण पुष्टि भएको हो ।
उता पछिल्लो २४ घण्टामा १ हजार २५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३३२ पुगेको छ ।
संक्रमित मध्ये ९ हजार ५८२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ ।
चितवनमा १६१ जना थपिए
चितवनमा पछिल्लो २४ घण्टामा १६१ जना नयाँ कोरोना भाइरस संक्रमितहरु थपिएका छन् । ११४ जनामा पिसिआर तथा ४७ जनामा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
उनीहरु मध्ये भरतपुर महानगरपलिकाका मात्रै ९५ जना छन् । यस्तै खैरहनीका २८, माडी र रत्ननगरका समान ८-८, राप्तीका ११ र कालिकाका १० र इच्छाकामना गाउँपालिकाका १ जना रहेका छन् । यससँगै जिल्लाभर कुल संक्रमितको संख्या १८ हजार ४२० पुगेको छ ।
संक्रमित मध्ये १६ हजार ५२८ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १०८ जना कोरोनामुक्त भएका छन् । १ हजार ५३३ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये एक हजार ४१२ जना होम आइसोलेसनमा छन् भने १०५ जना अस्पताल तथा १६ जना संस्थागत आइसोलेसनमा छन् ।
यत्सै पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३०८ पुगेको छ ।
तपाइँको प्रतिक्रिया