चितवनमा थप १६१ जनामा कोरोना संक्रमण, १०८ निको भए

एटुजेड समाचार

चितवन – चितवनमा पछिल्लो २४ घण्टामा १६१ जना नयाँ कोरोना भाइरस संक्रमितहरु थपिएका छन् । ११४ जनामा पिसिआर तथा ४७ जनामा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

उनीहरु मध्ये भरतपुर महानगरपलिकाका मात्रै ९५ जना छन् । यस्तै खैरहनीका २८, माडी र रत्ननगरका समान ८-८, राप्तीका ११ र कालिकाका १० र इच्छाकामना गाउँपालिकाका १ जना रहेका छन् । यससँगै जिल्लाभर कुल संक्रमितको संख्या १८ हजार ४२० पुगेको छ ।

संक्रमित मध्ये १६ हजार ५२८ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १०८ जना कोरोनामुक्त भएका छन् । १ हजार ५३३ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये एक हजार ४१२ जना होम आइसोलेसनमा छन् भने १०५ जना अस्पताल तथा १६ जना संस्थागत आइसोलेसनमा छन् ।

यत्सै पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्‍यु भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । यससँगै कोरोनाबाट मृत्‍यु हुनेको संख्या ३०८ पुगेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु