माडीका बाढी पीडितलाई आरआरएनको सहयोग
माडी – चितवनको माडी नगरपालिकाका बाढी पीडितलाई नेपाल ग्रामीण पुन:र्निमाण संस्थाले सहयोग गरेको छ । गत असार २४ गते आएको बाढी प्रभावित माडी ३ को मलही, गुल्मेली र बैराठका ४६ घरधुरिलाई आरआरएनले सहयोग गरेको हो ।
आरआरएनले स्थाई बसोबासका लागि आवश्यक त्रिपाल, डोरी, भाँडा, महिला तथा बालबालिकाका लागि स्वास्थ्य सामाग्री र पानी शुद्धिकरणका लागि फिल्टर सहयोग गरेको हो । कार्यक्रममा माडी नगरपालिका प्रमुख ठाकुर प्रसाद ढकाल, उप-प्रमुख ताराकुमारी काजि महत्व, वडा अध्यक्ष पुरन महत्व, इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा , नेपाल रेडक्रस सोसाईटि बघौडा उपशाखाका सभापति भगिराथ बस्याल लगायतको उपस्थिति रहेको थियो ।
नगरप्रमुख ढकालले यि सामाग्रिहरुले बाढीपीडितलाई तत्काल केही सहजता हुने बिश्वास ब्यक्त गरे । उनले जोखिम न्युनिकरण र स्थानीयले भोग्नु परेको समस्या समाधानका लागि नगरपालिका संधै तत्पर रहेको बताए । गत असार २४ मा आएको बाढीका कारण माडीका १६८ घर आंशिक तथा पुर्णरुपमा डुबानमा परेका थिए ।
तपाइँको प्रतिक्रिया