काँग्रेसको निर्वाचन समिति सदस्यमा अधिवक्ता तेजबहादुर रावल नियुक्त
काठमाडौं – नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन्। काँग्रेस सभापति शेरबहादुर देउवाले हिजो आइतबार कञ्चनपुर निवासी अधिवक्ता रावललाई निर्वाचन समितिको सदस्य नियुक्त गरेका हुन्।
समिति सदस्य अधिवक्ता खम्मबहादुर खाती महान्यायाधिक्ता नियुक्त भएपछि उनको स्थानमा रावललाई नियुक्त गरिएको हो। सभापति देउवाले काँग्रेसको विधानको धारा २५ (९) बमोजिम रावललाई नियुक्त गरेका हुन् । काँग्रेसमा निर्वाचन समिति नै महाधिवेशन गर्ने निकाय हो ।पाँच सदस्यीय समितिमा संयोजक महादेव यादवसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी, एकराज पोखरेल सदस्य छन्।
तपाइँको प्रतिक्रिया